माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको निर्देशन



एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई पत्र लेखेको छ । बिहीबार आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई नेपाललाई आवश्यक कारवाही प्रकृया अगाडि बढाउन आग्रह गरेको हो ।

नेता नेपालले बेरोजगार युवालाई फ्री भिसा-फ्री टिकटमा विदेश पठाइदिने भनी मतदता माझ बोलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकोले सम्बन्धमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारवाही गर्न आयोगले अनुरोध गरेको छ ।

प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहिबार  ३ : २४ बजे