ऐन महरलाई निर्वाचन आयोगले सोध्यो चौबिस घण्टे स्पष्टीकरण



काठमाडौँ– बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई निर्वाचन आयोगले चौबिस घण्टे स्पष्टीकरण सोधेको छ।

महरले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार ४१ हजार रुपैयाँ प्रदान गरेको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो।

आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न महरलाई भनेको छ।

प्रकाशित मिति : कार्तिक ४, २०७९ शुक्रबार  ७ : १७ बजे