काठमाडौंमा आज सत्ता गठबन्धनको संयुक्त भेला



पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्दैछ । चुनावी प्रचार अभियानमा रहेको गठबन्धनले छ वटा प्रदेशमा भेलाको आयोजना गरेर आज काठमाडौंमा अन्तिम भेला गर्न लागेको हो ।

कांग्रेसले ४ कात्तिकबाट अभियान सुरु गरेको थियो । भेलालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

गठबन्धनले आइतबार मात्र सुर्खेत र धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो ।

प्रकाशित मिति : कार्तिक ७, २०७९ सोमबार  १२ : १५ बजे