बेलायतको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका ऋषि सुनक औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त भएका छन्। बेलायतका राजा चार्ल्स तृतीयले सरकार गठनका लागि आमन्त्रण गरेर सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
ऋषि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बनेका छन्।
राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका हुन्। उनी यूकेका पहिलो ब्रिटिश-एशियाली प्रधानमन्त्री हुन्।
दुई शताब्दीको अवधिमा ४२ वर्षीय उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गरेका छन्।
डाउनिङ स्ट्रीटबाट देशका नाममा सम्बोधन गर्दै उनले आफ्ना पूर्ववर्तीले गरेका केही गल्तीहरूू सुधार्ने काम तत्काल सुरु हुनेू बताएका छन्।उनले भने, हाल हाम्रो देशले गम्भीर आर्थिक सङ्कट सामना गरिरहेको छ।मन्तव्यका क्रममा सुनकले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेहिता हुने बताए।
उनले बोरिस जोनसनले प्रधानमन्त्रीका रूपमा हासिल गरेका अभूतपूर्व उपलब्धिहरूूप्रति सधैँ धन्य रहने समेत बताए।
ब्रिटेनमा यसअघि देखिएको राजनीतिक र आर्थिक भद्रगोलपछि उनी स्थिरताको वाचासहित पद सम्हाल्न लागेका हुन्। सुनक यस अघि तत्कालीन प्रधानमन्त्री बोरीस जोन्सनको पालामा अर्थ मन्त्री बनेका थिए।














