मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने पुर्ननियुक्त



एनआईसी एशिया बैंक लिमिटेडले रोशनकुमार न्यौपानेलाई पुन स् प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको छ। सञ्चालक समितिको बुधबार बसेको बैंठकले न्यौपानेलाई पुन नियुक्ति गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको हो ।

न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए। सन् २०१८ मा उनी सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछि बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिले ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनि मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए ।न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैें अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको बैंकले जनाएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : १७ बजे