मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभांस शुरक्षित गर्ने आज अन्तिम दिन



नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांस सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ ।

नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभाँश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । योजनाका लाभाँश वितरणको लागि कम्पनीले भोलि कात्तिक १८ गते शुक्रबार बुक क्लोज हुने छ ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

यसैगरी नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । साथै नबिल म्यूचल फण्डले नबिल फ्लेक्सी क्याप नामक ७ करोड ५० लाख इकाइ भएको खुल्लामुखि योजनाको इकाइहरुको यहि कात्तिक २३ गते देखि बिक्रि खुला गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ११ : १८ बजे