शिवसेना नेता सुरीको गोली हानी हत्या



शिव सेनाका नेता सुधीर सुरीको शुक्रबार अमृतसरमा गोली हानी हत्या गरिएको छ।

अमृतसरको गोपाल मन्दिर नजिकै विरोध प्रदर्शनका क्रममा गोली चलेको थियो । घटना लगत्तै सुरीलाई अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको हो। प्रहरीले घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरेको छ ।

प्रहरीले आरोपितबाट हतियार समेत बरामद गरेको अमृतसरका प्रहरी आयुक्त अरुण पाल सिंहले जनाएका छन् ।घटना बारे थप अनुसन्धान जारी छ।

प्रकाशित मिति : कार्तिक १८, २०७९ शुक्रबार  ७ : १४ बजे