मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश दिने



सनराइज क्यापिटलको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलको वार्षिक साधारण सभा शुक्रवार काठमाडौंको अलफ्ट होटल ठमेलमा सम्पन्न भएको हो । सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेर बैंकको सहायक कम्पनीका रुपमा संचालित छ।

साधारण सभाले आ.व. २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । तेस्तै आ.व. २०७८/०७९ वार्षिक प्रतिवेदनसँगै सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ३९ बजे