मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबार शेयरबजारमा उछाल,लघुवित्त कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण



आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४३.२० अंकले बढेर १९६५.३६ को बिन्दुमा पुगेको छ ।आइतबार कारोबार रकम पनि बढेको छ ।

आइतबार २२८ धितोपत्रका ३९ लाख १३ हजार ५७३ कित्ता सेयर एक अर्ब ५४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । पछिल्लो समय विभिन्न कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । त्यसले गर्दा पनि राम्रो प्रतिफल दिन सक्ने कम्पनीको सेयर मूल्य बढ्दा दैनिकजसो कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढिरहेको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स पनि बिहीबारको तुलनामा २.१३ प्रतिशतले वृद्धि भएर ३८७.५२ विन्दु कायम भएको छ । कतिपय कम्पनीको सेयर मूल्य पनि बढ्न थालेको छ ।

आइतबार लघुवित्त समूहका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । गएको शनिबार करिब ७७ प्रतिशत लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य यस दिन १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०९ रुपैयाँ ९० पैसाले बढेर तीन हजार ४०८ रुपैयाँ ९० पुगेको छ ।

यस्तै, मानुषी लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ । यी बाहेक मनकामना स्मार्ट र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक रकमको सेयर खरिद–बिक्री नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको भएको छ । यो कम्पनीको १० करोड १४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : १९ बजे