मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्टसले विरगंजको बाईपास रोडमा उक्त ब्राण्डको नँया सोरुम स्थापना गरेको छ । कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले एक कार्यक्रमबीच सोरुमको उद्घाटन गरेका हुन् ।
ग्राहक एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा सोरूमका संचालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति सम्बन्धि प्रमाणपत्र वितरण गरिएको थियो । साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निः शुल्क प्रदान गरिएको छ ।
जय मा दुर्गा टायर हाउसमा कमर्सिअल (ट्रक, टिपर, बस आदि ) र पेसेन्जर (इभी, एसयुभी आदि ) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ । मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्राण्डको रुपमा परिचित छ ।