मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न



नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्ताहरुका लागि लागि ३ दिने “लिडर्स नाईट वीथ पारस खड्का” कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाण्डौको चन्द्रागिरी हिल्समा राखिएको थियो ।

कम्पनले २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडर रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्कासंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम सम्पन्न गरिएको नेशनल लाईफ इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कम्पनीका ब्राण्ड एम्बेसडर खड्काले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब १०० जना बरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण दिएका थिए । यसैगरी तोकिएको लक्ष्य पुरा गरी कार्यक्रममा सहभागि हुन सफल अभिकर्ताहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै उनिहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ४ : २६ बजे