सिंहलाई समर्थन गर्दै काठमाडौ क्षेत्र नं १ का स्वतन्त्र उमेदवार लिम्बूले फिर्ता लिए उमेदवारि



काठमाडौ क्षेत्र नं १ का स्वतन्त्र उमेदवार दुर्गा लिम्बूले उमेदवारि फिर्ता लिएका छन् ।

उनले कांग्रेस नेता तथा काठमाडौ क्षेत्र नं १ का उमेदवार प्रकाशमान सिंहलाई समर्थन गर्दै आफ्नो उमेदवारि फिर्ता लिएका हुन् ।

आज काठमांडोमा आयोजित एक कार्यक्रमा लिम्बूले आफ्नो समर्थन प्रकाशमान सिंहलाई रहेको घोषणा गरे ।

उनले प्रकाशमानकै कारण काठमाडौंका १० वटा क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको दाबि गरे ।

पछिल्लो समय काठमाडौ क्षेत्र नं१ मा प्रकाशमान सिंंहलाइ जनसमर्थन बढ्दै गएको छ ।

प्रकाशित मिति : कार्तिक २५, २०७९ शुक्रबार  १२ : २२ बजे