मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै



डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहेका छन् ।

दुई हजार नौ सय ५६ गणना गर्दा प्रधानमन्त्री देउवाले एक हजार चार सय चार, स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय ३० र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (विपी) ले पाँच सय २७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ३२ बजे