मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङ–३ मा कांग्रेसका डा सुनील शर्मा अगाडि



मोरङ क्षेत्र नं ३ मा हाल पाँच ठाउँ मतगणना हुँदैछ । प्रतिनिधिसभाको समानुपातिक एक ठाउँ र प्रदेशसभाको अर्को ठाउँमा मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि काफ्लेले जानकारी दिए ।

यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा डा सुनील शर्माको अग्रता कायमै छ । प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धनतर्फका नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गरेका छन् । त्यस्तै नेकपा ९एमाले० का पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत पाउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का रेखा थापाले नौ सय छ मत प्राप्त गरे ।

जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ खसेको छ । मोरङ क्षेत्र नं ३ मा पथरी शनिश्चरे नगरपालिकाको आठ, बेलबारी नगरपालिकाको आठ, सुन्दरहरैचा नगरपालिकाको छ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : ०१ बजे