मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखमा कांग्रेसका शाही विजयी



दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भएका छन् । शाही २० हजार एक सय ५८ मतले विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का लक्ष्मीप्रसाद पोख्रेलले २० हजार पाँच झिनो मत प्राप्त गरी पराजित भए । प्रतिनिधिसभामा निर्वाचित कांग्रेसका दिक्पाल शाही पहिलो पटक निर्वाचनमा उत्रिएका हुन्

। शाहीले नेपाली कांग्रेस पार्टीको विभिन्न पदमा र सामाजिक सङ्घ, संस्थामा रहेर काम गर्दै आएका छन् । यो प्रतिनिधिसभामा ४७ हजार एक सय ९४ मत खसेको थियो । कूल मतमध्ये २७ सय ४७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : ४९ बजे