गोरखा क्षेत्र नम्बर १ मा १६ हजार छ सय ४३ मतान्तरले कांग्रेसका बजगाईं विजयी



प्रतिनिधिसभा सदस्य गोरखा– १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी भएका छन् ।उनले ३३ हजार चार सय २८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा तय गरेका हुन् ।

सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ( एमाले)का रामशरण बस्नेतले १६ हजार सात सय ८५ मत प्राप्त गरे ।

बजगाईंले एमालेका बस्नेतलाई १६ हजार छ सय ४३ मतको फराकिलो अन्तरले हराए ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहिबार  ८ : ०३ बजे