मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ–२ मा शङ्कर पोखरेललाइ हराउदै माओवादी केन्द्रका रेखा विजयी



दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का रेखा शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी भएकी छीन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का शङ्कर पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । उनिहरूबीचको मतान्तर एक सय ९६ रहेको छ ।

उक्त क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो । निर्वाचित शर्मा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुनुहुन्छ भने पोखरेल नेकपा ९एमाले०का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ११ : ५८ बजे