मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहट १ बाट अध्यक्ष माधव नेपाल विजयी



नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी भएका छन् ।

रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी हुनुभएको जानकारी दिए ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गरे । रौतहट क्षेत्र नं २ को मतगणना भने जारी रहेको मूख्य निर्वाचन अधिकृत मरासिनीले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १ : ४३ बजे