शशांक कोइराला चौथो पटक निर्वाचित



पूर्वीनवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डा। शशांक कोइराला निर्वाचित भएका छन् । नेकपा एमालेका कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले पराजित गर्दै कोइराला चौथो पटक निर्वाचित भएका हुन् ।

कोइरालाले २७ हजार १ सय २७ मत ल्याएका छन् भने एमालेका पौडेलले २५ हजार ४३ र राजन गौतम (रास्वपा)ले २३ हजार ३ सय १ मत ल्याएका छन् । कोइराला २०६४, २०७०, २०७४ र यसपटक गरी एउटै निर्वाचन क्षेत्रबाट लगातार विजयी भएका हुन् ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  १ : ४८ बजे