मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली–५ बाट प्रतिनिधिसभामा कांग्रेसका पन्त निर्वाचित



कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

पन्तले २१ हजार तीन सय ९२ मत प्राप्त गरे भने पराजित रानाले २० हजार तीन सय १८ मत प्राप्त गरे ।

यसैगरी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार नौ सय ९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले छ हजार छ सय १९ मत प्राप्त गरे ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ५८ बजे