प्रकाशमान सिंह पुगे मेलम्ची खानेपानी आयोजनाको निरक्षणमा



काठमाडौं क्षेत्र नम्बर १मा नेपाली कांग्रेसबाट विजयी नेता प्रकाशमान सिंहसहितको टोली मेलम्ची खानेपानी आयोजनास्थल निरक्षण मा पुगेको छ।डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त आयोजनास्थलबाट हिउँद लागेसँगै काठमाडौंमा पानी पठाउने तयारी भएपछि प्रकाशमानसहितका जनप्रतिनिधि त्यहाँ पुगेका हुन्।

बिहीबार मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका उनीहरुले त्यहाँ भइरहेको कामको प्रगतिबारे पनि जानकारी लिएका छन्। त्यसक्रममा सिंहले अहिले पनि कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए।

“हामीलाई काठमाडौंको प्रतिनिधिले के गर्छन्रु भनिरहेका हुन्छन्। यसमा संघीय सरकारको त काम आउँछ आउँछ, प्रदेश र पालिकाको पनि सहभागितमा यसलाई बनाउनुपर्छु,” उनले भने, “यो परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्‍याउन निरन्तर चासो दिन्छौँ। यहाँ ठूलै प्राकृतिक प्रकोप भएको देखियो। जनताको घर ढलिरहेको रहेछ। यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्बिर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ”।उनले यहाँका बासिन्दाको कुरा पनि संघीय सरकारले नसुनेको गुनासो आएको पनि बताए।

प्रकाशित मिति : मंसिर १५, २०७९ बिहिबार  ४ : ३७ बजे