१८ मंसिर २०७९, काठमाडौं । नेकपा (एमाले)का नेता तथा एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको कम्पाउन्ड बाहिर प्लाष्टिकमा बेरेर राखिएको कुकर भेटिएको हो ।आज बिहान छिमेकीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रेसर कुकर बमको आशंका गरिएकाले प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको छ ।
अहिले बास्कोटाको घरमा प्रहरीको बाक्लो उपस्थिति छ । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिए ।










