कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ?



काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउत ९सिके० बीच भेटवार्ता भएको छ । आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा प्रवक्ता महतले डा। राउतलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिएका थिए । यस्तै पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनीहरूबीच छलफल भएको समेत जनाइएको छ । अध्यक्ष राउत सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै विजयी भएका थिए ।

पछिल्लो समय डा। राउत र शीर्ष नेताहरूबीच भेटघाट बाक्लिएको छ । महत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हुन् । उनले यसअघि कांग्रेस नेता डा.शेखर कोइरालालाई उनकै निवास पुगी सांसद विजयी भएकोमा बधाई दिएका थिए । महत आफैं भने यो निर्वाचनमा उठेनन् । उनी समानुपातिकतर्फ खसआर्य क्लस्टर सूचीको पहिलो नम्बरमा छन् ।

प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार  १ : २३ बजे