मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं, १९ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । आइतबार प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको हो ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४०० कायम रहेको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार थियो । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १२ : ५४ बजे