मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार सेयर बजार १.२५ प्रतिशतले ओरालो



काठमाडौं, १९ मंसिर ।साताको दोश्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा १.२५ प्रतिशतले ओरालो लागेको छ । आइतबार २.१६ अकले वृद्धि भएको नेप्से सोमबार २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा आएर रोकिएको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्सममा पनि १.३५ प्रतिशतले ओरालो लागेका छ । ४१ लाख २७ हजार बढीको कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख बढीको कारोबार भएको छ ।

यस्तै १८९ कम्पनीहरुको कारोबार हुँदा जम्मा १४ कम्पनीमा वृद्धि भएको छ । १८१ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, सयपत्री हाइड्रोपावर ३.१२ प्रतिशत, एनआइसि एसिया २.५६ प्रतिशतले वृद्धि भएको छ ।

यता, रिडी पावर कम्पनीमा ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँ, शिभम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार ६६२ रुपैयाँ र नबिल बैंक ८ करोड ४७ लाख बढीको कारोबार छ ।

सोमबार सबै उप सुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स र माइक्रो फाइनान्समा २ प्रतिशत बढिले ओरालो लागेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ४ : ०१ बजे