मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिकर्फको अन्तिम मतपरिणाम आज आउँदै



मंसिर २०, २०७९ काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज सकिने भएको छ । प्रत्यक्षतर्फको मतगणना हिजो सकिएको थियो ।

मंगलबार बिहान ०५ः५० सम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भएको छ । जसमा एमाले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ ।

जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ ।

यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : ५१ बजे