मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवीन्द्र मिश्रको निर्वाचन खर्च २४ लाख ४९ हजार



काठमाडौं, २० मंसिर । राप्रपा नेपालका उपाध्यक्ष रवीन्द्र मिश्रले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण निर्वाचन आयोग समक्ष पेश गरेको जनाएका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्–मलाई यो उल्लेख गर्दा खुशी लाग्छ कि सोही क्षेत्रबाट ०७४ सालको निर्वाचन लड्दा मैले २१ लाख ५० हजार खर्च गरेको थिएँ र चुनावी अभियानका क्रममा प्राप्त बढी रकम पार्टीलाई बुझाएको थिएँ ।’

पहिलेजस्तै यस पटक पनि उनले निर्वाचन लड्न आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेको थिएँ । निर्वाचन आयोगले तोकेको खर्च सीमा २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएको उनले जनाएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ३ : ४६ बजे