मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सात दल बने राष्ट्रिय पार्टी : एकीकृत समाजवादीलाई साढे १८ हजार मत अपुग, कसको कति मत ?



काठमाडौं, २० मंसिर । समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ ।

प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको भनाइ छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । जुन एमाले भन्दा एक लाख ३० हजार ४१६ ले कम मत हो ।

त्यस्तै, माओवादी केन्द्रले समानुपातिकर्फ ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ ।

एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्न असफल भएको छ । १० सिट प्रत्यक्षमा जिते पनि उसले समानुपातिकमा सदर मतको ३ प्रतिशत मत पाउन सकेन । उसले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गर्दा राष्ट्रिय दल बन्नका लागि १८ हजार ४११ मत अपुग भएको आयोगले जनाएको छ ।

जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको आयोगले जनाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ७ : २० बजे