मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा पुस्ताको नेतृत्वका लागि संसदीय दलमा छलफल थाल्छौ : विश्वप्रकाश शर्मा



झापा, २० मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जित नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् ।

उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरेका छन् । आफू बदलिएको जनादेशको मनोविज्ञानलाई बुझेर अघि बढ्नु पर्ने पक्षमा रहेको बताएका शर्माले केही दिनअघि आफू काठमाडौं पुगेर त्यसको पेश्की भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले जनादेशलाई गणितीय जोडघटाउ मात्रै नभएर विकासका लागि सुम्पिएको अभिभाराका रुपमा दिनुपर्ने बताए ।

ुलोपोन्मुख तथा अल्पसंख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आआफ्नो स्थानबाट योगदान गरिरहनु भएको छ, शर्माले भने, देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ ।

उनले देश बनाउने भूमिका प्रधानमन्त्रीलाई दिने पद्धति नै बदल्नु पर्नेमा जोड दिए। भोट दिएर जिम्मेवारी सकिने होइन मतदाता र उपविजेताको काम कहिल्यै नसकिने बताए ।

देशलाई जोगाउन काम गर्ने हरेक व्यक्तिलाई आफूले सम्मान गर्न चाहेको शर्माको तर्क छ । एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री बन्ने कुराले रुपान्तरण नहुने उनले बताए ।

कांग्रेस पार्टी सभापतिका अघि कयौं विकल्प रहेको उनले बताए । देशमा युवा पुस्ताको नेतृत्वका लागि संसदीय दलमा छलफल घनिभूत बनाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए । आफू सांसद, मन्त्री मात्रै होइन देशको प्रधानमन्त्री बन्ने र विकास गर्ने योजनामा रहेको उनले बताए ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ७ : ३९ बजे