मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धार्थ बैंकले १३.१६ प्रतिसत लाभांश दिने



काठमाडौं, २१ मंसिर । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले २०७८/०७९ वर्षको मुनाफाबाट १३.१६ प्रतिसत लाभांश दिने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.१६ प्रतिसत लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने बैंकले जनाएको छ ।

१२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ बैंकले हाल कायम चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकले १४.२५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ नगद लाभांश अघिल्लो वर्ष वितरण गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १२ : ३३ बजे