मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने



काठमाडौं, २१ मंसिर । बुद्ध एयरले १६ डिसेम्बर ०२२ ९१ मंसिर० देखि काठमाडौं–सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्ने भएको छ । अहिले बुद्ध एयरले यस गन्तव्यमा एटिआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ ।

यात्रुको माग र सुविधालाई ध्यानमा दिएर एटिआर ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरू अधिक लाभान्वित हुने बुध्द एयरको भनाइ छ ।

हाल सञ्चालनमा रहेको एटिआर ४२ उडान बाट यात्रुहरूको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको छ ।

सानो जहाजको सञ्चालन खर्च उच्च हुने हुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । एटीआर ७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुले पाउनेछन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  २ : ५७ बजे