मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाङ्गो तार व्यवस्थापनका लागि सांसद पौडेलले थाले पहल : प्राधिकरण प्रमुख घिसिङसँग छलफल



काठमाडौंः काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नांगो तार व्यवस्थापनका लागि पहल सुरु गरेका छन् । यसका लागि बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन् । पौडेलले प्राधिकरणमा पुगेर प्राधिकरण प्रमुख घिसिङसँग छलफल काठमान्डौं ५ सहित उपत्यकामा रहेको विद्युतिय तारको समस्या हल गर्न आग्रह गरे ।

भेटमा उनले सबै सडकका पोललाई यथासक्य चाँडो प्रतिस्थापन गरी भूमिगत गर्न, प्रतिस्थापन भएका ठाउँमा सडकमा पारिएका खाल्डा पूर्न र सम्पूर्ण नाङ्गो तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह गरेका थिए ।

जवाफमा निर्देशक कुलमान घिसिङले कतिपय स्थानमा काम भईरहेको र कतिपय स्थानमा काम गर्न अवरोध सिर्जना भएको जानकारी गराए । मुख्य सडक क्षेत्रमा काम भइरहेको र भित्री सडकहरूमा साँगुरो बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अफ्ठयारो रहेको उनको भनाई थियो । तर, तीन वर्ष भित्रमा काम सम्पन्न हुने घिसिङको भनाई थियो ।

निर्देशक घिसिङले समस्या हल गर्न काठमान्डौंमा २० ओटा सवस्टेशन निर्माण गर्ने जसअन्तर्गत टोखा नगरपालिकामा पनि एउटा स्टेशन निर्माण हुने जानकारी गराएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : १५ बजे