मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गत वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४७९ जनाले ज्यान गुमाए



काठमाडौं, २६ मंसिर । गत आर्थिक वर्ष २०७८७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये १४७९ जनाले ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ ।

आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको मृत्यु हुने गरेको पाइएको छ ।

यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ५ : ४८ बजे