एमाले प्रतिपक्षमा बस्छ : विष्णु पौडेल



नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरू प्रतिपक्षमा बस्ने बताएका छन्।

शनिबार एमाले पर्वत–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘नेकपा एमाले अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ।’

उनले पाँचदलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बताए। नेता पौडेलले पर्वतबाट निर्वाचित सांसदहरूलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिनसमेत आग्रह गरे।

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गत मंसिर ४ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो। साथै, दुवै प्रदेश सभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए। रासस

प्रकाशित मिति : पुस २, २०७९ शनिबार  ६ : २२ बजे