पुस ६, २०७९,काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन केही समयमा सुरु हुँदै छ ।बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ ।मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।
अहिले मतदाता ९कांग्रेसका नवनिर्वाचित सांसदहरू० संसदीय दलको कार्यालय पुग्नेक्रम जारी छ ।
कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । मतगणना र परिणाम सार्वजनिक आजै हुनेछ ।
कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उमदवारी परेको छ ।










