आफ्नो तलबभत्ता गोरखाको दुर्गममा विपतमा परेकालाई सहयोग गर्ने सांसद बजगाईको घोषणा



काठमाडौं, ७ पुस । कांग्रेस नेता एबं सांसद राजेन्द्र बजगाईले सांसदको रुपमा पाउने तलबभत्ता आफ्नो निर्बाचन क्षेत्रमा विपतमा परेका जनताको लागि खर्च गर्ने घोषणा गरेका छन् । गोरखा-१ बाट निर्वाचित बजगाईले आज प्रतिनिधिसभा सदस्यका रुपमा शपथग्रहण लगत्तै सामाजिक सञ्लालमार्फत उक्त घोषणा सार्बजनिक गरेका हुन् ।

गोरखाको विकट भूगोल र भिरपखेरामा विपत्तिमा रेखदेख पुगोस् भन्ने कामनाका साथ विपतमा परेका जनताको लागि आफ्नो तलबभत्ता खर्च गर्ने लागेको उनले जानकारि दिएका छन् । ‘मत मागिरहेको बेला लिएको सपथ आज एक सांसदको रूपमा सपथ लिंदैगर्दा सम्झेको छु’, उनले भनेका छन् ।

पर्यटन ब्यवसायीसमेत रहेका कांग्रेस नेता बजगाईले यसअघि समेत उत्तरी गोरखामा विपत परेका बेला हेलिकोप्टरमार्फत उद्दार र सहयोग गर्दै आएका छन् । गोरखामा उनले यसअघिदेखिनै सामाजिक कामलाइ प्राथमिकतामा राखेका छन् ।

प्रकाशित मिति : पुस ७, २०७९ बिहिबार  ७ : ११ बजे