कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, निर्वाचनको समीक्षा हुने



नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पुस २२ गते बीपी नगर सानेपामा बैठक बोलाइएको छ । बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार  ३ : ४० बजे