संसद् सचिवालयले पुस २५ गते बोलायो दुवै सदनको संयुक्त बैठक



काठमाडौं, १२ पुस ।संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरेको छ । मंगलबार एक सूचनामार्फत संसद् सचिवालयले पुस २५ गते दुवै सदनको बैठक आह्वान गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा संघीय संसद् भवनमा बैठक बोलाइएको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।

प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार  ६ : ५४ बजे