चर्चित गायक संगीतकार कस्तुप पन्तको नयाँ गित पानी दोभानको सार्बजनिक भएको छोटो समयमै लोकप्रिय भएको छ ।
सार्बजनिक भएको छोटो समयमै उक्त गितले युट्युबमा झण्डै दुइ लाख भ्युज पाएको छ ।
गितले युट्युब टिकटक लगायतका सामाजिक सञ्जालमा राम्रो प्रतिक्रीया पाएको गायक पन्तले बताएका छन् ।
गितलाई गयक पन्तलेनै लेखेका हुन भने संगीत पनि उनैले गरेका हुन् ।
भिडियोमा लोमस शर्मा र जुनुको अभिनय छ ।
गायक पन्त नेपाली मौलिक लोक संगीत सिर्जनामा समेत अब्बल मानिन्छन ।यसअघिनै उनका दर्जनौ गित हिट भइसकेका छन् ।














