प्रधानमन्त्री पोखरा जादै



प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जादै छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि प्रचण्ड पोखरा जान लागेका हुन् ।

प्रधानमन्त्री बिहान ११।०० बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि जाने कार्यक्रम छ । प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको शुभारम्भ गर्नेछन् ।

प्रकाशित मिति : पुस १७, २०७९ आइतबार  ९ : २१ बजे