रमेश लेखक बने कांग्रेसको प्रमुख सचेतक



काठमाडौं, १९ पुस ।नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रमेश लेखकलाई प्रमुख सचेतक मनोनीत गरेका छन् ।

देउवाले संसदीय दलको विधानको धारा १३ ९१० अनुसार लेखकलाई मंगलबार प्रमुख सचेतक मनोनीत गरेका हुन् । देउवाका विश्वास पात्र लेखक कञ्चनपुर ३ बाट निर्वाचित भएका हुन् । अझै दलको उपनेता र सचेतक मनोनीत गर्न बाँकी छ ।

प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार  ३ : ०९ बजे