राजस्वसचिवमा घिमिरे र अर्थसचिवमा राया ल्याउने मन्त्रिपरिषद्‌ बैठकको निर्णय



काठमाडौं, २१ पुष । आज बसेको मन्त्रिपरिषद्को बैठकले दुई सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार राजश्वसचिवमा रामप्रसाद घिमिरेलाई ल्याइएको छ भने अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ।

घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए भने राया उद्दोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए। यस्तै, बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ। यसअघि निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री दाहालसँगको भेटमा पनि यही मिति सिफारिश गरेका थिए ।

एमालेबाट लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने भन्दै राजीनामा दिएपछि उक्त रिट खाली थियो। सो रिक्त पदको लागि माघ २५ गते निर्वाचन हुन लागेको हो।

प्रकाशित मिति : पुस २१, २०७९ बिहिबार  १ : ५३ बजे