नेपाल कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ।
संसद् बैठकको तयारी स्वरूप छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
यसैगरी संसदमा कसरी प्रस्तुत हुने, लगायतका समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।
सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ। यसैलाई दृष्टिगत गर्दै आज बैठक बस्न लागेको हो।
शुक्रबार कांग्रेस सभापति एवं दलका नेता शेरबहादुर देउवाले पदाधिकारीहरूसँग संसदीय दलको बैठकबारे छलफल गरेका थिए।










