कांग्रेस प्रतिपक्षमा बस्छ, विश्वासको मत दिँदैन : गगन थापा



२३ पुस २०७९,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुलाई विश्वासको मत नदिने बताएका छन् ।

शनिबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संसद्का दोस्रो, तेस्रोलगायत अन्य दलहरूले गठबन्धन बनाएर साझा उमेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् ।

उनले आफ्नो व्यक्तिगत धारणा भएपनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले तय गर्ने बताए । उनले अन्य दलहरू मिलेर गठबन्धन बनाएर साझा उमेदवार उठाइरहेको बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे ।

कांग्रेसले प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ ।। नेपाली कांग्रेसले विश्वासको मत दिने कुरा छलफलको विषय होइन, हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ, प्रतिपक्षमा बस्छ भन्ने कुरा स्पष्ट छ, थापाले भने ।

प्रकाशित मिति : पुस २३, २०७९ शनिबार  ४ : ३५ बजे