लोसपाले पनि सरकारलाई विश्वासको मत दिने



काठमाडौं, पुस २६ । लोकतान्त्रिक समाजवादी पार्टीले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

यसअघि पार्टीको केन्द्रीय कार्यकारिणीको बैठकले विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।

लोसपाले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको ठाकुर निकट श्रोतले जनायो ।

प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार  ११ : २३ बजे