प्रचन्डलाइ विश्वासको मत दिने कांग्रेस कार्यसम्पादन समितिको निर्णयप्रति नेता प्रदिप पौडेलले असहमती ब्यत्त गरेका छन्।
उनले आजको संसदीय दल बैठकमा असहमति जनाएका हुन। “मत दिइसकेपछि राजनीतिक र नैतिक रुपमाु प्रतिपक्षमा बस्न मिल्दैन। कानुनी जटिलताहरु छन भनेर मैले असहमती जनाएको हुँ,” पौडेलले भने।
कार्यसम्पादन समितिले प्रतिपक्षमा बस्नेगरी विश्वासको मत दिने निर्णय गरेको थियो। त्यही निर्णयबारे संसदीय दलको बैठकमा छलफल भएको थियो।कायसम्पादन समिती बैठकमा महामन्त्री थापा, शर्मा केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमती दर्ज गराएका थिए।










