वर्षमान पुनको स्वास्थ्यबारे जानकारी लिन उपराष्ट्रपति पुन सुमेरु अस्पतालमा



काठमाडौं, ४ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

जण्डिसमा समस्या देखिएपछि नेता पुनलाई केही दिनअघि सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ।

प्रकाशित मिति : माघ ४, २०७९ बुधबार  ९ : ३८ बजे