बुटवल ८ माघ । नेपाली कांग्रेसका युबा नेता एबम सांसद प्रदिप पौडेलले पार्टिलाई नयाँ ढङ्गबाट सङ्गठित गर्न अग्रसर हुने बताएका छन् ।नेपाली कांग्रेस सुनवल नगर कार्यसमितीले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेता पौडेलले पार्टी सत्ता बाहिर रहदैमा निरास नहुन नेताकार्यकर्तालाइ आग्रह गरे ।उनले भने, ‘हामी आगामी पाच बर्ष प्रतिपक्ष्मा बस्न पनि तयार हुनुपर्छ,कोही निरास हुनुपर्ने जरुरी छैन,बिपक्षमा बसेर काम गर्न हामी किन डराउने ? राजनितिमा यत्तिका बिकृती छन्,मन्त्रीहरुका बारेमा प्रश्नहरु उठेका छन त्यसैले अब हामी बलियो प्रतिपक्ष बन्नुपर्छ’ ।
बिगतका गल्ती स्विकार्दै प्रतिपक्षमा बसेर जनताको पक्षमा बोल्न नछोडे कांग्रेसलाइ कसैले पराजित गर्न नसक्ने उनको दाबी थियो ।
उनले पार्टी भित्रका हरेक निर्णय बिधी सम्वत गर्ने कार्यको थालिनी हुनुपर्ने बताए ।नेताको तजबिजले निर्णय गर्ने अवस्था रहेसम्म पार्टि र राजनितिमा सुधार नआउने उनले दाबी गरे ।बिधी पद्दति भन्दा नेता शक्तिशाली हुँदा समस्या भइरहेको पौडेलको भनाइ थियो ।










