मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसलाइ प्रमुख विपक्षी दलको मान्यता दिदै संसद् सचिवालयले पठायो पत्र



संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिँएको छ । संघीय संसद् सचिवालयले आज कांग्रेसलाई पत्र पठाउदै प्रमुख विपक्षी दलको मान्यता प्रदान गरेको हो । सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको पत्राचार गरेको छ ।

सचिवालयले जारी गरेको पत्रमा पत्रमा भनिएको छ, “प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च।नं। ४५ मिति २०७९।०९।२९ को पत्रबाट प्रतिनिधिसभामा विपक्षी दलको नेता माननीय श्री शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।”

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : २४ बजे