फागुन २८ गतेभित्र राष्ट्रपतिको निर्वाचन हुनुपर्छ : शेखर कोइराला



नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन् ।

नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राखे । संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको धारणा थियो ।

“राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ”, उनले भने । नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताए । सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उनले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राख् ।

“कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन । सरकारले नियमित खर्च घटाउनुपर्छ र राजस्व बढाउनुपर्छ”, उनले भने ।

प्रकाशित मिति : माघ १४, २०७९ शनिबार  ६ : ०७ बजे